Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:२४ बिहान
- ADVERTISEMENT -

‘ओलीले बनाएको संसदीय बोर्डमा बस्दैनौँ’ : नेता नेपाल

प्रकाशित मिति: २०७७ चैत ७, शनिबार

561
Shares

काठमाडौँ, शनिबार, ७ चैत्र २०७७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संसदीय दलले बनाएको संसदीय बोर्डमा नबस्ने घोषणा गरेका छन् ।

शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु बोर्डमा नबस्ने बताएका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीक आह्वानमा यसअघि बसेको संसदीय दलको बैठकले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित २७ सदस्यीय बोर्ड गठन गरेको थियो । जसलाई वरिष्ठ नेता नेपालले अस्विकार गरेका हुन् ।

‘हामी दुई जना बबुरोलाई कृपादृष्टि पुर्याएर संसदीय बोर्डमा राख्ने काम भएछ । तर, हामी त्यसमा बस्दैनौं । बोर्ड वैधानिकरुपमा गठन हुनुपर्यो ।’ उनले भने । सर्वोच्चको फैसला अनुसार एमालेलाई ७५ साल जेठ ३ गतेको अवस्थामा नफर्काएसम्म पार्टीको कुनै निर्णय नमान्ने उनको भनाइ छ ।

यस्तै, नेता नेपालले आफूहरू केपी शर्मा ओलीसँग छुट्टिएर जाने पक्षमा नरहेको पनि बताएका छन् । आफूहरूको ४८/४९ वर्षको माया पिरती एक रातमै नसकिने उनको भनाई छ । ओलीले गोर्खा भर्तीमा खुल्दा मान्छेहरू बाटोबाट टिपे जसरी केन्द्रीय कमिटीको सदस्यहरू राखेको पनि उनले आरोप लगाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -