Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१७:४९ बिहान
- ADVERTISEMENT -

सचेतक खाणद्वारा नेता कोइरालाको निधनप्रति दु:ख ब्यक्त

प्रकाशित मिति: २०७७ चैत ५, बिहीबार

802
Shares

काठमाडौं, बिहिबार, ५ चैत्र २०७७ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले कांग्रेस मोरङका पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य एवं अग्रज नेता माननीय अशोक कोइरालाको निधन प्रति गहिरो दु:ख ब्यक्त गर्नुभएको छ ।

खाणले आज बिहिबार एक शोक बिज्ञप्ति जारी गर्दै वि.स. २००४ साल विराटनगरमा जन्मनु भएका स्व. कोइरालाको गए राति उपचारको क्रममा निधन प्रति गहिरो दु:ख ब्यक्त गर्नु भएको छ ।

नेपालमा भएका हरेक लोकतान्त्रिक आदोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको कोइराला प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय रहँदा करिब १ वर्ष भूमिगत र ७ वर्ष बन्दीजीवन व्यतित गर्नु भएको थियो । स्व. कोइराला २०४९ सालमा विराटनगर नगरपालिकाको मेयर पदमा र २०५८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । त्यसैगरी २०६२।६३ साल पछि पुनस्र्थापित संसदको सदस्य र २०७० सालमा संविधानसभा सदस्य रहेका थिए ।

पार्टी संगठन, विस्तार र सुदृढिकरणमा सदैव सक्रिय रहँदै आउनु भएका नेता कोइरालाको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेस पार्टीलाई दिनु भएको अतुलनीय योगदान हामी सबैका लागि अनुकरणीय र स्मरणीय रही रहनेछ ।

नेता कोइरालाको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै र्आत्माको चिरशान्तिको कामनाका साथै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ खाडद्वारा जारी शोक बिगप्तीमा उल्लेख छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -