काठमाडौँ, ३ चैत्र २०७७ । सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
मंगलबार केहीबेर बसेको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव सभाले पारित गरेको छ ।








































