गोरखा, सोमबार, २ चैत्र २०७७ । गोरखामा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । शहिद लखन गाउँपालिका वडा-७ को कार्यलयमा उक्त सामाग्री एक कार्यक्रमकाबीच वितरण गरिएको हो ।

शहिद लखन गाउँपालिका ७/८ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई शहिद लखन गाउँपालिकाको सहयोग तथा श्री प्रगतिशिल अपाङ संघ गोरखाको साझेदारीमा गाउँपालिका भित्र भएका अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्रवीलचियर, करचेश, बैशाखी, सेतो छडी, श्रावण यन्त्र ट,टवाईलेट चियर लगायतका सहायक सामाग्री वितरण गरिएको थियो ।
उक्त सामाग्री वितरण कार्यक्रममा शहिद लखन गाउँपालिका वडा न ७ का वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षता, शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष ईन्दिरा तिवारीको प्रमुख आथित्यतामा, श्री प्रगतिशिल अपाङ्ग संघ गोरखाका अध्यक्ष अमर गुरुङ, शहिद लखन गाउँपालिका वडा न ७ की वडा सचिव अमृता सिग्देल, वडा कर्मचारी,स्थानीय समाजसेवी लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।

चैत १ गते गाउँपालिका भित्र वडा नं १,२,३,४,५,६,९ को ७९ जनालाई उक्त सामाग्री बितरण गरिएको थियो भने आज सोमबार पनि वडा नं ७र ८ का ३० जना अपाङ्गता भएका ब्यक्तिलाई सामाग्री हस्तान्तरण गरिएको छ ।









































