काठमाडौं, शुक्रबार, २८ फागुन २०७७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मसासचिवबाहेक सबै पदाधिकारी हटाएका छन् । शुक्रबार आफुँ पक्षीय एमालेको केन्द्रीय समिति बैठक बसाल्दै ओलीले यस्तो निर्णय गरेका हुन् ।
उनले माओवादी पार्टी परित्याग गरेका रामबहादुर थापा ‘बादल’लाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । साथै उनले माओवादी केन्द्रबाट आएका ४२ जनालाई स्वतः केन्द्रीय सदस्यमा मनोनित गराएका छन् । योसँगै एमालेको केन्द्रीय समिति २६४ सदस्यीय भएको छ ।
यसैबीच ओली पक्षीय एमालेको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।








































