काठमाडौँ, शुक्रबार, २८ फागुन २०७७ । महाशिवरात्रिको अवसरमा कलश यात्रा सम्पन्न गरिएको छ ।

सभ्यता परिवारको आयोजनामा महाशिवरात्रि विशेषमा बिधालयबाट नजिकै रहेको नागभूषण शिव मन्दिर रानीवनमा सभ्यता पाठशालामा अध्यनरत ५,६,७ र ८ का बिधार्थीले कलश यात्रामा सहभागी भई स्वयम् सेवकको भूमिका निर्वाहा गरेका थिए । मन्दिरमा आउनु भएका श्रद्वालु भक्तजनहरुका लागि पुजा आरधना गर्नका लागि लाइन व्यवस्थापनमा सहजीकरणका साथै नि:शुल्क पिउने पानीको वितरण गर्न मद्दत गरेका थिए ।

सामाजिक सेवामा अभिप्रेरित हुदैं बिशेषज्ञ डाक्टरहरुद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो ।
सोही अवसरमा सामाजिक साँस्कृतिक रुपमा सहभागीता जनाउने अवसर पाउँदा बिधार्थीहरुले आफ्नो धर्म, संस्कृतिलाई राम्ररी बुझ्नुका साथै धार्मिक महत्व लाई नजिकबाट नियाल्ने मौका पाएको बताएका छन् । धर्म, संस्कृतिको मूल्य मान्यतालाई बुझ्दै सरसफाई अभियानमा सहभागी भएर सभ्यता पाठशालाका बिधार्थीहरुले महाशिवरात्रि पर्वलाई विशेष बनाउने मौका पाएका थिए ।

सहभागी विधार्थीहरुको योगदानको उच्च मुल्यांकन गर्दै बिधालय परिवार द्वारा प्रशंसापत्र प्रदान गर्दै आगामी दिनमा पनि थप हौसला प्रदान गरिएको थियो ।









































