बागलुङ, बिहिबार, २७ फागुन २०७७ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गर्न खोजेको आरोप लगाउनुभयो ।
नेपाल शिक्षक संघ बागलुङको २० औँ जिल्ला सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीको नियत ठिक नभएको भन्दै सबै संयन्त्र कब्जा गरि लोकतन्त्रलाई ध्वस्ता पार्न खोजेको बताउनुभो ।
‘हाम्रो प्रधानमन्त्रीको नियत ठिक छैन, उहाँले राज्यका सबै संयन्त्रलाई नियन्त्रण गरि ओलीकरण गर्न खोज्नु भएको छ, थापाले भन्नुभयो ‘उहाँको यो कार्यशैलीले नामकाो मात्रै लोकतन्त्र बन्ने छ, लोकतन्त्र यो शैली निरन्तरण रह्यो भने ध्वस्त हुने खतरा छ ।’
ओलीले नेपाललाई कम्बोनिया शैलीमा चलाउन खोजेको आरोप लगाउँदै राज्यका सबै निकाय आफू अनुकुल गराई आफ्नो विरुद्धमा लाग्ने सबैलाई जेल हाल्न थालेको बताउनुभयो ।
‘प्रधानमन्त्री ओलीले हाम्रो मुलुकलाई कम्बोनिया जस्तो बनाउन खोज्नु भएको छ, उहाँले आफ्नो विरुद्ध बोल्ने, लेख्ने र लाग्ने सबैलाई जेल हाल्ने, अदालत, प्रशासन सबै आफ्नो कब्जामा पार्ने काम भएको छ,’ थापाले भन्नुभयो ‘यसको रोक्ने काम कांग्रेसले गर्नुपर्छ, कम्बोनिया र नेपालमा धेरै फरक छ, त्यहाँ कांग्रेस थिएन यहाँ कांग्रेस छ, हामीले रोक्छौँ, हामी त्यस्तो हुन दिँदैनौँ ।’
थापाले अब कम्युनिस्टलाई जनताले चिनी सकेको भन्दै मुलुकलाई निकास दिने कांग्रेस बाहेक अरु हुनै नसक्ने बताउनुभयो । उहाँले ओलीले कम्बनियाँको जस्तै नक्कल गर्न खोजेको आरोप लगाउँदै उनको विरुद्ध बोल्ने सबैलाई नियन्त्रण गर्ने थालेको बताउनुभयो ।
प्रधानमन्त्रीले जाले झेल, षडयन्त्र गरेर मुलुकलाई डुबाउन थालेको र जनतालाई दुख दिने काम कामगरेको भन्दै कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएर मुलुक परिवर्तन गर्नुको विकल्प नभएको बताउनुभयो ।
नक्कली सम्मृद्धिको नारा दिएर मुलुकलाई अधोगति तर्फ धकेलेको र मुलुकको मुहार फेरिनुको साटो बर्वादि तर्फ खेदेको उहाँका भनाई छ । प्रधानमन्त्री ओलीले दुई वटा पार्टी गाभेर नक्कली पार्टी बनाई जनतालाई झुक्याएर सत्तामा पुगेको थापाको आरोप छ ।








































