Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४०:३३ बिहान
- ADVERTISEMENT -

ब्यवस्थापन संकायका विभिन्न कोर्षहरुमा छात्रवृतिमा तत्काल कार्यान्वयन गर्न ने वि संघद्वारा ध्यानाकर्षण

प्रकाशित मिति: २०७७ फागुन २६, बुधबार

530
Shares

काठमाडौँ, बुधबार, २६ फागुन २०७७ । त्रि वि बाट स्वीकृत प्राप्त ब्यवस्थापन संकायका विभिन्न कोर्षहरुमा छात्रवृतिमा तत्काल कार्यान्वयन गर्न ने वि संघद्वारा ध्यानाकर्षण गराएको छ ।

त्रिभुबन विश्वबिद्यालयबाट स्वीकृत प्राप्त ब्यवस्थापन संकाय अन्तर्गत BBA, BIM, BBM, BHM, BBA-fin लगायतका कोर्ष हरु मा १०% बिद्यार्थीहरुलाई १००% छात्रवृति दिने यस अघिको सहमति तत्काल कार्यान्वयन गर्न नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गराएको छ ।

नेबिसंघका अध्यक्ष राजिब ढुंगानाले आज एक बिज्ञप्ति जारी गर्दै त्रि.वि. आफैले गरेको सहमति सवै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा तत्काल लागु गर्न भन्दै विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न र त्रि.वि. र सवै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई सहमति लागु गर्न खवरदारी गरेका छन ।

BBA, BIM, BBM, BHM, BBA-FIN लगायतका कोर्षहरुमा त्रि.बि र ने.बि संघबीच २०७६/४/१३ गते सम्पुर्ण कोर्षमा १०% विद्यार्थीले १००% छात्रवृत्ति पाउने भनी सहमति भई सबै क्याम्पसहरुमा कार्यान्वयन गर्न २०७६ सालकै शैक्षिक सत्रबाट लागू हुने गरी त्रि.बि.बि.र डिन कार्यलयले पटक पटक परिपत्र गर्दा समेत हालसम्म कार्यान्वयन नगरी विद्यार्थीहरुबाट पैसा उठाएको र विद्यार्थीहरुले पाउने छात्रवृत्ति सम्बन्धित क्याम्पसले उपलब्ध नगराएको भन्दै ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले त्रि.बि.बि.र क्याम्पस ले लाचार रुपमा विद्यार्थी लाई शोषण गरिरहेकोले सो नरोकिए कडा आन्दोलनमा उत्रने बताउनु भयो ।

महामन्त्री तिमल्सिनाले विद्यार्थीहरुले पाउनु पर्ने छात्रवृत्ति उपलब्ध गराउने ब्यबस्था मिलाउन त्रिभुवन बिश्व विद्यालय र सम्पुर्ण आङिगक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई खबरदारी गरेका छन ।

साथै, नेपाल विद्यार्थी संघको तर्फबाट बिगतमा भएको सो आन्दोलनको नेतृत्व गर्दै सहमतिमा समेत संघको तर्फबाट हस्ताक्षर गरेका शंकरदेव क्याम्पसका नेता दिपक ओझाले अधिकांश निजि क्याम्पसहरुले छात्रवृत्तिको नाममा ४,५०,००० सम्म उठाएको सो रकम तत्काल फिर्ता नगरे कडा आन्दोलन गरिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -