काठमाडौँ, बुधबार, २६ फागुन २०७७ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।








































