गोरखा, मंगलबार, २५ फागुन २०७७ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठकै क्षेत्रका एक जना जनप्रतिनिधी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को सिरानचोक गाउँपालिका वडा नम्बर ७ का वडासदस्य क्याप्टेन कुमार गुरुङ मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टी सदस्यता प्रदान गर्दै काँग्रेसमा भित्राएका हुन । गएको स्थानीय तह निर्वाचन नेकपा माओवादीबाट गुरुङ वडा सदस्यमा निर्वाचित भएका थिए ।
कम्युनिष्ट पार्टीले जनताको आशा र भरोसा तोडेको र विश्वास समेत गुमाउदै गएको भन्दै आफु काँग्रेसमा लागेको उनले बताएका छन् ।








































