काठमाडौ, आइतबार, २३ फागुन २०७७ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेसँगै देशभर ‘नेकपा एमाले जिन्दावाद’को नारा घन्किएको छ । नेकपा एमालेका नेता–कार्यकर्ताहरुले दीप प्रज्ज्वलन गरेर खुशीयाली मनाएका छन् ।
काठमाडौ, हेटौडा, बिराटनगर, खोटाङ्ग लगायत अधिकांश स्थानमा केपी ओली आइ लभ यू, नेकपा एमाले जिन्दावादको नारा घन्किएको थियो ।
आइतबार (आज) सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरिदिएपछि राजधानी काठमाडौको माइतिघर मण्डलामा एमालेका नेता–कार्यकर्ताहरुले दीप प्रज्ज्वलन गरेका थिए ।








































