Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:४३ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीको सत्ता संकटमा

प्रकाशित मिति: २०७७ फागुन २३, आइतबार

409
Shares

काठमाडौं, आइतबार, २३ फागुन २०७७ । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम विवादमाथि फैसला सुनाउँदै पूर्वएमाले र माओवादी केन्द्र अलग-अलग पार्टी भएको उल्लेख गरेको छ। सर्वोच्चको यस्तो फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षे सत्ता यात्रा पनि संकटमा परेको छ।

अब प्रतिनिधि सभामा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र छुट्टाछुट्टै दलको रुपमा रहनेछन्। प्रतिनिधि सभामा पूर्वएमालेका तर्फबाट १२१ सदस्य छन्। त्यसमध्ये एक जना सानु शिवाको निधन भएको छ। त्यस्तै, पूर्व माओवादीबाट प्रतिनिधि सभामा ५३ जना सदस्य छन्। सभामुख पूर्वमाओवादीका तर्फबाट अग्नि सापकोटा छन्।

नेकपा गठन गरी एकीकृत भएका एमाले र माओवादी ब्युँतिने अवस्थामा सरकार गठनका लागि एमाले एक्लैको बहुमत पुग्दैन। सरकार गठनका लागि १३८ सिट चाहिन्छ। त्यतिबेला एमाले एक्लैको बहुमत नपुग्ने भएकाले एमाले र माओवादी केन्द्र मिलेर संविधानको धारा ७६ (२) बमोजिम तत्कालीन एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव थिए। सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। र, ओलीले पछि प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए।

अब ओलीलाई प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। वा त्यसअघि नै उनीमाथि अविश्वास प्रस्ताव दर्ता हुनसक्छ। बहुमत सिद्ध गर्नका लागि ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६३ सदस्य छन्। तीमध्ये दुई जना सदस्य निलम्बित छन्। जसपासँग भने प्रतिनिधि सभामा ३४ सदस्य छन्। सो पार्टीका दुई सांसद् निलम्बित छन्।

संविधानको धारा ७६ (१) मा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै दल रहेको अवस्थामा प्रतिनिधि सभामा कसैको बहुमत पुग्दैन। विकसित पछिल्लो परिस्थिति हेर्दा एमाले र माओवादी तत्काल एउटै पार्टी भइहाल्ने सम्भावना कम देखिन्छ।

त्यसपछि धारा ७६ (२) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। अबको सत्ता समीकरण यही प्रावधान अनुसार अघि बढ्ने देखिन्छ।

ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सम्बन्धलाई हेर्दा उनीहरुबीच गठबन्धन बन्न सक्ने सम्भावना पनि देखिन्छ। तर, सो पार्टीभित्रको शक्ति संघर्षले गर्दा त्यसमा पनि प्रशस्तै जटिलता देखिन्छन्। कांग्रेसभित्र ओलीलाई सहयोग गर्न नहुने मत प्रभावशाली छ। एमालेको पार्टी कमिटीमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष पनि प्रभावशाली नै छन्।

ओलीले जसपासँग गठबन्धन गर्ने सम्भावना भने कम छ। त्यहाँभित्रको पूर्वसमाजवादी घटक ओलीप्रति आक्रामक छ। अहिलेकै स्थितिमा सो पार्टीले ओलीलाई सघाउने सम्भावना पनि कम छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -