काठमाडौँ, आइतबार, २३ फागुन २०७७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका सांसद भीम रावलले सरकार कसको सरकार हो भनेर प्रश्न गरेका छन्।
‘यो कसको सरकार हो? वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो?,’ उनले भने, ‘यो सरकारले अध्यादेश ल्याउन पाउने कि नपाउने भन्ने त्यसपछि कुरा गर्न सकिन्छ।’
उनले बोलिरहेका बेला नेकपा ओली पक्षका सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका छन्।








































