काठमाडौं, आइतबार, २३ फागुन २०७७ । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाबारे टिप्पणी गर्नेबेला नभएको बताएका छन् ।
संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिएका प्रचण्डले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ, फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन ।’
सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो ।








































