- ADVERTISEMENT -
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला हस्तकला मेला सुरु

March 7, 2021
457
Shares
- ADVERTISEMENT -

काठमाडौँ, आइतबार, २३ फागुन २०७७ । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हस्तकला मेला सुरु भएको छ ।

ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासङ्घको संयुक्त पहलमा महानगर परिसरमा आयोजित समारोहमा मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महŒवपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाका कारण शिथिल बनेको हस्तकला प्रवद्र्र्धनमा मेलाबाट थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मेला संयोजक सवितासिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताउनुभयो । मेलामा करिब ५० स्टल रहेको छ र उत्कृष्ट एक स्टललाई पुुस्कृत गरिनेछ । मेला यही फागुन २४ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -