काठमाडौँ, शनिबार, २२ फागुन २०७७ । नेपाली कांग्रेस धावा-काठमाडौँ सम्पर्क समितिको नयॉं कार्य-समिति चयन गरिएको छ ।

आज शनिबार एक कार्यक्रमकाबीच नवराज लामिछानेको अध्यक्षतामा १९ सदस्सीय नयाँ कार्य-समिति चयन गरिएको हो । उपाध्यक्षमा शैलेन्द्र शाक्य, बिकाश बि क, सचिवमा नवराज सिंखडा र राम कृष्ण तिवारी, सह-सचिवमा रस्मिता बन्जरा र धनन्जय भट्ट, कोषाध्यक्षमा गीता लम्साल भट्ट चयन हुनु भएको छ ।

त्यसैगरी, सदस्यमा कृष्ण शाक्य, बिश्वराज लामिछाने, डिल्ली राम परियार, जागृता परियार, नवराज तिवारी, राजेश लामिछाने, मिलन लामिछाने, प्रदिप बन्जरा (आम भञ्ज्याङ) कोपीला सिंखडा, यामुना लामिछाने र बिनय लामिछाने चयन हुनु भएको छ ।निर्वाचन कमिटिको संयोजकमा रामकृष्ण लामीछाने रहनु भएको थियो भने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्बसहमतिमा चुनिएका थिए ।

उक्त कार्यक्रममा गोरखा भीमसेन थापा गॉंउपालिका वडा नं -४ धावाबाट काठमाडौँ आएर बसोबास गर्ने नेपाली कांग्रेससंग बिभिन्न पेशामा आबद्ध ब्यक्तिहरुको उपस्थितीमा नयॉं कार्य समिति चयन गरिएको थियो । सोही अबसरमा धावाबासी समाजसेबी, बुद्धिजीवी, विभिन्न पेशाकर्मी विधार्थीको उपस्थिति रहेको थियो ।









































