काठमाडौँ, शुक्रबार, २१ फागुन २०७७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र नेत्रविक्रम चन्द विप्लवबीचको सहमतिमा हतियार बुझाउने विषय समावेश नभएकोमा प्रश्न उठाएका छन् ।
शुक्रबार विप्लव समूह र सरकारबीच सहमतिपत्र हस्ताक्षर भएलगत्तै उनले ट्विटरमा लेखेका छन् । ‘प्रचण्ड आउँदा ञखोलाले बगायोझ थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ प्रधानमन्त्री ?’
शर्माले कम्युनिस्ट पार्टीहरुका विद्रोह र शान्ति वार्ताको सन्दर्भ निकाल्दै कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली नमारिने उद्घोष गर्नुपर्ने तर्क राखे । उनले यस प्रश्नको जवाफ सिंगो मुलुकले नै खोजिरहेको बताए ।









































