Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:११ बिहान
- ADVERTISEMENT -

सडकका खाल्डाखुल्डी र धुवाँ, धुलोविरुद्ध सरकार ‘एक्सन’मा

प्रकाशित मिति: २०७५ पुस ९, सोमबार

1239
Shares

काठमाडौं, पुष ९

उपत्यकामाभित्रका पूर्वाधार विकासमा देखिएका समस्या समाधानमा सरकारले चासो देखाएको छ। सडकका खाल्डाखुल्डी र धुवाँ, धुलोविरुद्ध सरकार ‘एक्सन’मा उत्रँदै छ।

सडकका बीचमा परेका विद्युत् पोललगायत ट्राफिक व्यवस्थापनका चुनौती हटाउन सरकार कसिएको हो। सम्बन्धित मन्त्रालयका सचिवले प्रगतिको ‘बिफ्रिङ’ गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो। ‘प्रधानमन्त्रीको निर्देशन सचिवले आलटाल गर्न पाउँदैनन्’, उहाले थप्नुभयो, ‘कागजमा मात्र काम देखाउन पाइँदैन।’ उपत्यकाका सडक सुधारमा ध्यान नदिने विभागीय प्रमुखदेखि सचिवसमेत कारवाहीमा पर्नेछन्। प्रधानमन्त्री केपी शर्माले प्रधानमन्त्री कार्यालयबाटै मन्त्रालयको कामको समेत अनुगमन गरिरहनु भएको छ ।

पूर्वाधार विकास तथा मर्मत सम्भारका सम्बन्धमा स्वीकृत कार्ययोजनाअनुसार भएरनभएको बारे सातामा एक पटक स्थलगत अनुगमन गर्नुपर्ने र प्रधानमन्त्री कार्यालयमा पेस गर्नुपर्ने छ। उपत्यकाका सडक र वातावरण सुधार गर्नेबारे गत कात्तिक १६ गते प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको संयोजकत्वमा समिति बनेको थियो। समितिको निर्णय कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको सहसचिव संयोजकत्वमा अनुगमन तथा प्रतिवेदन समिति पनि बनेको छ। उक्त समितिले १५\१५ दिनमा अनुगमन प्रतिवेदन तयार पर्नेछ। पूर्वाधार विकास र मर्मसम्भारमा देखिएका समस्या प्रत्येक साता प्रधानमन्त्री कार्यालय पूर्वाधार शाखामा रिपोटिङ गर्नुपर्ने छ। त्यसका लागि उपसमितिसमेत बनेका छन्।

उपत्यकाभित्र निर्माणधीन पूर्वाधार संरचना लामो समयदेखि अधुरै छन्। ढिलासुस्तीका कारण लागत बढ्ने देखिएको छ। निर्माणमा सामान्य इन्जिनियरिङ सिद्धान्तसमेत पालना भएको छैन। पैदल यात्रुलाई हिँडडुलमा सकस भएको छ। बन्दै गरेका संरचनाका धुलोले सर्वसाधारणको स्वास्थ्यमा समेत असर गरिरहेको छ।

चाबहिल–जोरपाटी–साँखु, लौनचौर–बालाजु, बालाजु–कलंकी रिंगरोड खण्ड तथा कलंकी–नागढुंगा, लगनखेल सातदोबाटो सडक, नक्खु भैंसेपाटी, इमाडोल–लामाटार, बल्खु–थापाथली सडकको निर्माण तथा मर्मत सम्भार तत्काल गर्नुपर्ने देखिएको छ। उपत्यकाका खाडल र धुलोधुवाँ र पूर्वाधार निर्माणलाई छिटो सक्न गत साउन १५ गते नै प्रधानमन्त्री ओलीले मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका थिए। उक्त निर्देशन कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालय जागेको प्रवक्ता कुँवरले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -