काठमाडौँ, आइतबार, १५ फागुन २०७७ । नेपाली कांग्रेस पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । कांग्रेस झापाका नेता डा. उप्रेतीको शनिबार राति ८६ वर्षका उमेरमा काठमाडौँमा निधन भएको हो ।
प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमार्फत नेपाली कांग्रेसका अग्रज नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको ८६ वर्षको उमेरमा शनिवार राती भएको असामयिक दुःखद निधनले हामीलाई मर्माहत तुल्याएको बताउनु भएको छ ।
पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय रहँदा पटक–पटक जेल जीवन समेत व्यतित गर्नु भएका उप्रेती वि.स. २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँले राजनीतिमा मात्र नभएर चिकित्सा क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्नु भएको थियो । वि.स. २०१८ साल देखि चिकित्सकका रुपमा सक्रिय रहनु भएका स्व. उप्रेतीले आर्थिक अवस्था कमजोर विरामीहरुको निःशुल्क उपचार गर्नुहुन्थ्यो । उहाँको निधनले चिकित्सा क्षेत्र एवं नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्र्दै आत्माको चिरशान्तिको कामनाका साथै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।
उहाँको आजै पशुपतिमा दाहसंस्कार गरिएको छ । स्व उप्रेतीका छोरा प्रा. डा. सञ्जीव उप्रेती छन् ।










































