काठमाडौं, शनिबार, १५ फागुन २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बन्ने बताएका छन् ।
प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले ओलीलाई पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउने बताएका हुन् ।
कांग्रेस र जसपामिलेर अविश्वासको प्रस्तावमार्फत् ओलीलाई हटाउँने बताउँदै प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीको दाबी गर्दिनँ । दुई चार दिनभित्रै अन्तिम चरणमा पुग्छौं । शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउँछु । ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिन, देउवालाई बनाउँछु ।’
उनले अब ओलीसँग एकता सम्भव नरहेकोसमेत स्पष्ट पारे । ‘ओलीजी त प्रचण्डलाई ध्वस्त पार्ने योजनामा हुनुहुन्छ, केही मान्छेलाई बोलाउँदै प्रचण्ड सक्ने योजनामा लाग्नुभएको छ। संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्ड ध्वस्त पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ ?’ प्रचण्डले भने ।
प्रचण्डले आफू र माधवकुमार नेपालमा ओली प्रवृत्ति नभएको र दोहोरिन नदिने बताए ।








































