काठमाडौँ, बुधबार, २८ माघ २०७७ । सामाजिक अभियान्ता सचिन पाण्डेको पहलमा अर्घाखाँची मालारानीका दुबै मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ ।
दुबै मृगौलामा संक्रमण भई लामो समयदेखि हस्पिटलमा डाईलोसिस गराईरहेका अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ४ निबासी मेघ बहादुर सार्किका छोरा प्रदिप नेपालीको मृगौला प्रत्यारोपणका लागि आज बिरामी रहेको घरमा पुगि सामाजिक अभियान्ता सचिन पाण्डेले रु (5500) अक्षरुपि पाँच हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।
सहयोग गर्न पिडितको घरमा पुगेका उनी बिरामीको पछिल्लो स्वास्थ्य अबस्थामा बारे बिरामीका बुबा आमासंग बुझेका छन भेटमा बिरामीका आमा बुबाले सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् भने आफ्नो तर्फबाट सधैं साथ सहयोग रहेको र केही परेमा तुरुन्तै आफुलाइ सम्पर्क गर्न पनि अभियान्ता पाण्डेले अनुरोध गरेका छन् ।
सामाजिक अभियान्ता पाण्डे लामो समय देखि दुखि गरिब पिडित र बेसाहारको सेवामा अनबरत रुपमा लागि रहेका छन् ।









































