बैतडी, आइतबार, २४ माघ २०७७ । बैतडीमा बाबुले गोली हानी छोरीको हत्या गरेका छन् ।
पुर्चौडी नगरपालिका-१०, विजयपुरका ६५ वर्षीय धनबहादुर महराले शनिबार बेलुका छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
छोरी बेलमती विवाहित हुन् । उनी गएको एक महिनादेखि माइतमै बस्दै आएकी थिइन् ।
शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेर महरा फरार भएका छन् । उनको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
छोरीमाथि महराले किन गोली चलाए भन्ने खुल्न सकेको छैन।








































