गोरखा, शुक्रबार, २३ माघ २०७७ । अमेरिकामा बस्दै आएका गोरर्खालीहरुले बाढी पहिरोमा परेर घरबिहिन भएका गोरखा बारपाकका विपन्न परिवारलाई २० लाख रुपैया नगद सहयोग गरेका छन्।
गत बर्षमो बाढीका कारण गोरखाको बारपाक सुलिकोट गाउँ पालिकाको ८ नम्वर वडाको तिनखण्डेमा घर बगाएको थियो। अमेरिकामा विभिन्न पेशा तथा व्यवशाय गरेर बस्ने २ सय ५३ जना व्यक्तिले दाताहरुबाट रकम बिस लाख एघार हजार छयालिस रुपियॉं बाढी पीडितलाई सहयोग गर्ने उदेश्यले राहत संकलन भएको थियो। गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको सहयोगमा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदले सहिद शिब प्रसाद भट्ट मेमोरियल फाउन्डेसनको खातामा उक्त रकम जम्मा गरेकाे थियो।
शुक्रबार विहान उक्त रकम पीडित एघार घर परिवारहरुलाई गोरखामा सहिद शिब प्रसाद भट्ट फाउन्डेसनको तर्फबाट कार्यक्रमको आयोजना गरि हस्त्रान्त्रण गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उक्त रकम पिडित परिवारलाई हस्तान्त्रण गरेका छन्।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, जिल्ला समन्वय समितिकी उपप्रमुख जानुका अधिकारी, नेपाली कॉंग्रेस क्षेत्र नं. २ गोरखाका क्षेत्रीय सभापति गोविन्द गुरुङ्ग, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ्ग लगायत सहभागि थिए।











































