काठमाडौं, शुक्रबार, २३ माघ २०७७ । नेकपा अध्यक्ष माधवकुमार नेपालले बिहिबारको आमहड्ताल संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा भएको बताएका छन् ।
आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा नेपालले भने, ‘हिजोको आमहड्ताल कयौँका लागि पीडादायी भयो, दैनिक ज्यालादारी, विरामी ,विद्यार्थीको लागि पीडा भयो, यो सबको कारण केपी ओली हुन् ।’
अहिलेको अबस्थामा ओली चोईटिएर गएकोले उनीसँग केही अधिकार नभएको नेपालको भनाई छ ।
अर्को प्रसंगमा नेपालले चक्रपथमा सेनाका बख्तरबन्द गाडीमा घुमाउँदैमा कोही नडराउने बताए । ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन।’ नेपालले भने ।








































