काठमाडौं, बिहिबार, २२ माघ २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन् ।
बिहीबार बिहान अध्यक्ष नेपाल कोटेश्वर निवासबाट स्कुटर चढेर आमहड्ताल निरीक्षणमा निस्किएका हुन् ।
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आमहड्ताल सफल बनाउन सातदोबाटो चोक पुगेका थिए ।








































