काठमाडौं, आइतबार, १८ माघ २०७७ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहको नेकपाले माइतीघर मण्डलामा धर्ना बसेको छ ।
माघ १४ देखि २१ गतेसम्म जारी रहने धर्ना कार्यक्रममा आइतबार मध्यान्ह १२ बजे मण्डलामा आयोजित कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल धर्नामा बसेका छन् ।
धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।संसद विघटन असंवैधानिक भएको भन्दै दाहाल–नेपाल पक्षले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।
धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।
यस्ता छन् तेस्रो चरणका आन्दोलनका कार्यक्रमः
माघ १४ देखि २१ गतेसम्मः माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम ।
माघ १६ गतेः जुलुससहित श्रद्धाञ्जली कार्यक्रम दिउँसो १ बजे शान्तिबाटिकाबाट लैनचौर प्रस्थान ।
माघ १५ गतेः बुटवलमा विरोध सभा र प्रदर्शन ।
माघ १६ गतेः विराटनगरमा विरोध सभा र प्रदर्शन ।
माघ १७ गतेः धनगढीमा विरोध सभा र प्रदर्शन ।
माघ २२ गतेः काठमाडौंमा युवा र्याली ।
माघ २६ गतेः देशव्यापी मसाल जुलुस ।
माघ २८ गतेः काठमाडौंमा विरोध प्रदर्शन सभा ।
प्रदेशका राजधानीमा विशिष्ट प्रकारका ठोस कार्यक्रम निरन्तरता दिने ।
समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम ।








































