Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४२:५० बिहान
- ADVERTISEMENT -

संविधानभन्दा माथि बस्‍ने राष्ट्रपति र प्रधानमन्त्रीको चाहना : प्रदीप पौडेल

प्रकाशित मिति: २०७७ माघ १६, शुक्रबार

971
Shares

काठमाडौं, शुक्रबार, १६ माघ २०७७। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्‍न चाहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको स्मरण गर्दै नेता पौडेलले भने, “तर, राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि बस्न चाहिरहनुभएको छ ।”

उनले पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । “प्रचण्ड–माधव नेपालसँग रिस उठेर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो,” नेता पौडेलले प्रश्न गरे, “कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?”

उनले प्रधानमन्त्री ओलीलाई गणतन्त्रविरोधी नेताको संज्ञा दिए । “केपी ओली गणतन्त्रवादी नेता होइनन्,” पौडेलले भने, “उनी गणतन्त्रविरोधी नेता हुन् ।”

उनले नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली भएको पनि ठोकुवा गरे । “देशमा समृद्धि नआउनुको कारण केपीले देशको नेतृत्व गरेका कारण हो,” नेता पौडेलले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -