तनहुँ, शनिबार, १० माघ २०७७ । तनहुँमा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

तनहुँकाे घिरिङ गा.पा वडा नं १ स्थित अत्राैलिमा भएकाे कार्यक्रममा दर्जनाै नेकपासग आबद्ध स्थानीय नेता तथा कार्यकर्ता नेकपा परीत्याग गरी नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।
नव प्रबेशीहरुले कम्युनिष्ट सरकारले जनतालाई निराशा मात्र दिएकाले कांग्रेसमा प्रवेश गरेको बताएका छन् । नवप्रवेशीहरू एक कार्यक्रमको बिच ने.का केन्द्रिय सदस्य प्रदिप पाैडेलले सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रममा नबप्रबेशिहरुले भाेट दिएर पानी र वत्ती समेत पाउन सकिएन भन्दै नेता पाैडेलसंग पानी र बिजुली वत्तिकाे लागी समन्वय गरिदिन समेत अनुराेध गरेका थिए ।
गा.पा मा कम्युनिष्ट नेतृत्वकाे स्थानिय सरकार रहेकाे तर काम गर्न नसकेकाे गुनासाे पनि सुनाएका थिए । उक्त कार्यक्रम सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले फेरि व्यवस्थाकै लागि भनेर अर्को लडाई लड्ने नेपाल र नेपालीको चाहना छैन । देश बारम्बार प्रतिगमनमा अब गहिरहन सक्दैन ।

स्थायित्व र विकास, हाम्रो साझा लक्ष्य हो । डटेर लडौ । प्रतिगमन विरुद्ध कुनै सम्झौता हुँदैन। इतिहास साक्षी छ, शाही राज्य चेतना बोकेका ओलीहरुहरुको अन्त्य अवश्य हुन्छ भन्ने धारणा राखेका थिए ।








































