Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४२:४२ बिहान
- ADVERTISEMENT -

न्यायिक समितिमा चार सय उजूरी

प्रकाशित मिति: २०७७ पुस २९, बुधबार

712
Shares

काठमाडौँ, २९ पुस २०७७ । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ सय ४ उजूरी दर्ता भएका छन् ।

चालू आवमा ४ सय ४ उजूरी दर्ता भएकामा २१ वटा जग्गा विवादको मुद्दा परेको छ । अधिकांश उजूरी साँध सिमाना, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजूरी नगरपालिको न्यायिक समितिमा पर्ने गरेको न्यायिक समितिको संयोजक तथा उपप्रमुख भवानी डोटेल (धिताल) ले बताउनुभयो । उहाँका अनुसार चालू आवमा छ सिमाना विवाद, सात सार्वजनिक जग्गा÷बाटोसम्बन्धी, दुई महिला तथा बालबालिका हिंसासम्बन्धी, जग्गा विवादका २१ र अन्य विविध विषयका ३८ उजूरी नगरपालिको न्यायिक समितिमा परेको छ । जसमा १७ वटा सहमति भएका छन् । २७ फैसला भएका, दुई मुल्तबीमा राखिएको र ५८ प्रक्रियामै रहेको छ ।

आव २०७६÷७७ मा ९६ उजूरी दर्ता भएकामा २४ जग्गा विवाद, २० सार्वजनिक जग्गा÷बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ उजूरी दर्ता भएको बताउनुभयो । यस अवधिमा ४४ मुद्दा किनारा लगाइएको छ । ११ उजूरी मेलमिलाप तथा सहमति भएका, दुई उजूरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उप्रमुख डोटेलले बताउनुभयो ।

घरेलु हिंसा र महिला हिंसाका उजूरीहरु नगरपालिकाको न्यायिक समितिमा अत्यन्त कम पर्ने गरिएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजूरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजूरी थोरै पर्ने गरेको बताइएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजूरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजूरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

आव २०७५÷७६ मा ८१ वटा उजूरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी उजूरी परेको थियो । त्यसैगरी, नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्धविच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा दर्ता भएका थिए । सो अवधिमा ३१ उजूरी न्यायिक समितिबाट फैसला गरिएको, २० सहमति भएका, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको थियो ।

चालू आवामा पनि न्यायिक समितिका उजूरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजूरीहरु सबै लिखित रुपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -