काठमाडौं, मंगलबार, २८ पुस २०७७ । लायन्स क्लब अफ काठमाण्डौ मनास्लु गणेश हिमालका अध्यक्ष लायन इन्द्र बहादुर भट्टको सकृयतामा मनास्लु टुरिजम, मनास्लु गोरखकाली र मनास्लु भिजनद्वारा संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा ७ जना महिला र ३५ जना पुरुष गरी जम्मा ४२ लायन तथा नन लायनले रक्तदान गर्नु भएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने प्रमुख अतिथि लायन बालकृष्ण बुर्लाकोटी, रक्तदाता डिपार्टमेंट चिफ लायन शिवराम फुयाल, बिष्णु हरी फुयाल, डिपार्टमेण्ट चिफ लायन मनुश्री रत्न बज्राचार्य, रिजन चियर पर्सन लायन तारानाथ लामिछाने , जोन चियर पर्सन लायन भिम प्रसाद काप्री , डिस्टिक चियर पर्सन लायन राजन प्रसाद काप्री लगायत अन्य महानुभावले सहयोग गर्नु भएको थियो ।

सोही अवसरमा क्लब सर्भिस चियर पर्सन लायन अनिल ढकाल र डाइरेक्टर लायन प्रकाश सिं क्षेत्रीले क्लबलाई आर्थिक सहयोग गर्नुभएको थियो ।
उक्त रक्तदान कार्यक्रममा रामहरि भट्ट फाउन्डेशन र सगुन क्याफे नयाँबजारले सह-आयोजना रहेको थियो ।









































