काठमाडौं, शनिबार, २५ पौष २०७७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मदन भण्डारीले बोकाएको बहुदलीय जनबादको झोला कहाँ लगेर बिसाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
‘मदन भण्डारीले बोकाउनुभएको बहुदलीय जनवादको झोला तपाईंले कुन खोलामा बिसाउनुभयो?,’ प्रदर्शनीमार्गमा आज कांग्रेसले गरेको कार्यक्रममा शर्माले भने, ‘माओवादको रूपान्तरण जरूरी थियो तर प्रचण्डलाई रातो बरमाला पहिर्याउँदै गर्दा मदन भण्डारीको जबजलाई सेतो कात्रो ओढाइदिनुभयो।’
मदन भण्डारीका विचार बिर्सेको भन्नेलाई प्रधानमन्त्री ओलीले सडकमार्गको नाम मदन भण्डारी राजमार्ग राखिएको छ भन्ने गरेको शर्माको भनाइ छ।
उनले पुष्पकमल दाहाल प्रचण्डलाई पनि प्रश्न गरेका छन्।
१२ प्रश्नसहित आज सडकबाट बिरोधसहित खबरदारी गरेका हुन ।








































