गोरखा, १८ पुस २०७७ । गोरखाको शहिद लखन गाउपालिका वडा-५ ताक्लुङमा १७ सदस्सीय तरुण दल गठन गरिएको छ ।
शहिद लखन गाउपालिका वडा-५ ताक्लुङ, तरुण दलको अध्यक्षमा काजी थापा मगर, उपाध्यक्षमा शिव राना, सचिवमा असाज थापा मगर, कोषाध्यक्षमा होम बहादुर आले ,सह-सचिव मा जय राम थापा सहित १७ सदस्य समिती तरुण दल गठन गरिएको छ ।
सोही अबसरमा ११ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।
गोरखाको शहिद लखन गाउपालिका वडा-५ ताक्लुङ भ्याकुरेमा नेपाली काँग्रेस वडा संयोजक रित बहादुर थापाको अध्यक्षतामा, नेपाली काँग्रेस गोरखाका कोषाध्यक्ष कृण्ण बहादुर आलेको प्रमुख आतिथ्यता, बिशेष उपस्थिती क्षेत्रिय सभापती धिरण थापा, तरुण दल केन्द्रिय सदस्य धुब्र पन्त, जिल्ला राजनीतीक परामर्श समिती सदस्य काशिनाथ अंगाई, क्षेत्रिय सदस्य शरण श्रेष्ठ, तरुण दल जिल्ला उपाध्यक्ष मनोज देवकोटा, तरुण दल जिल्ला सदस्य सुरेन्द्र कुमाल, बिनोद पन्त, तरुण दल प्रदेश क संयोज किरण आले, तरुण दल क्षेत्रिय सचिव भरत रेग्मी , तरुण सानुकाजी आले, राजन थापा, वडा भित्रको युवाहरुको उपस्थिति रहेको थियो ।








































