Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२४:०५ दिउँसो
- ADVERTISEMENT -

अघोषित लोडसेडिङ बन्द नगरे कडा संघर्षमा उत्रिने नेविसंघ महामन्त्री तिमल्सिनाको चेतावनी

प्रकाशित मिति: २०७७ पुस १६, बिहीबार

1084
Shares

काठमाडौं, बिहिबार, १६ पुस २०७७ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका महामन्त्री बलदेव तिमल्सिनाले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा अघोािषत लोडसेडिङ गरिएको भन्दै तत्काल अघोषित लोडसेडिङ बन्द गर्न चेतावनी दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा अघोषित लोडसेडिङ गर्दा त्यसबाट विद्यार्थीहरुले ठूलो समस्या भोग्नुपरेको सुनाउँदै अघोषित लोडसेडिङ तत्काल बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकार्षण गराएका छन् ।

महामन्त्री तिमल्सिनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘काठमाडौं उपत्यका लगाएत देशका विभिन्न भुभागमा नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको र त्यसबाट विद्यार्थीहरुले भोग्नुपरेको समस्याप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उपत्यकामा अहिलेको विद्युतको अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम हुँदा पनि विद्युत व्यवस्थापन गरी गुणस्तरीय आपूर्तिमा नेपाल बिद्युत प्राधिकरण व्यवस्थापन र ऊर्जा मन्त्रालयले ध्यान नदिंदा अधिकांश स्थानमा दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध भइ पटक–पटक विद्युत कटौती हुने गरेको र हाल विद्युतीय माध्यम (अनलाईन/भर्चुअल) मार्फत कक्षा तथा परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीलाई प्रत्यक्ष असर पारेको छ ।’

उनले विद्युत प्राधिकरणकै तथ्यांकानुसार पनि गत वर्षको तुलनामा यो वर्ष करिब ५० मेगावाट थोरै विद्युत माग हुँदा काठमाडौंका अधिकांश क्षेत्रमा बत्ती काटिनु , विद्युत माग घटि हुँदापनि भारतबाट हुने आयात बढेको र काठमाडौंमा अधिकतम माग गत वर्ष जति नपुग्दा पनि निरन्तर बिद्युत कटौति हुनुले नेपाल विद्युत प्राधिकरण र सरकार अत्यन्त गैरजिम्मेवार रहेको पुष्टी भएको उल्लेख गरेका छन् ।

उनले कोभिड–१९ को संक्रमणको जोखिमले शैक्षिक संस्था बन्द रहेकोले अनलाइन कक्षाबाटै विद्यार्थीको पठन–पाठन अघि बढाउन परिरहेको अहिलेको अवस्थामा प्राधिकरणले विद्युत आपूर्ति कटौती गर्दा अनलाइन कक्षा तथा साना/मझौला व्यवसायीको व्यवसाय बन्द हुने अवस्थामा पुग्नु अत्यन्त दुःखद् बिषय भएको पनि बताएका छन् ।

नेपाल बिद्युत प्राधिकरणबाट लोडसेडिङ लाई सधैंको निम्ति अन्त्य गराउने नेतृत्वलाई गलहत्याइनु, बिगतमा अत्यधिक (दैनिक १८ घन्टा) सम्म लोडसेडिङ गराउने नेतृत्वको फेरी उर्जा तथा जलश्रोत मन्त्रालयमा प्रवेश हुनु र उर्जा क्षेत्रमा कालाबजारी तथा माफियाहरुको सल्बलाहट बढ्नुले योजनाबद्ध ढंगबाट बिगतकै अँध्यारो इतिहाँसको पुनरावृत्तिमा वर्तमान सरकार उद्यत रहेको कुरा प्रष्ट भएको उनको दाबी छ ।

उनले भनेका छन्,‘प्राधिकरणभित्र ब्याप्त चुहावट, चोरी नियन्त्रण र अनियमितता रोक्न र विद्युत आपूर्तिमा सहजता अपनाउन आबश्यक पहलकदमीका निम्ति गम्भिर ध्यानाकर्षण गराउँदछु । विद्यार्थीले भोगिरहेको यो जटिल समस्याको तत्काल समाधानका लागि आबश्यक पहल गर्दै विद्युत आपूर्ति सहज गर्न र अघोषित रुपले दैनिक हुने गरेको लोडसेडिङको पुर्णरुपले अन्त गर्न जोडदार माग गर्दै अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -