गोरखा, बुधबार, १५ पुस २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ्गमा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयमा २ लाखको अक्षय कोष स्थापना गरिएको छ ।
बिधालयका पूर्व प्रधानध्यापक चित्रकुमार श्रेष्ठले पिता स्व. शेर बहादुर श्रेष्ठ र माता टिका कुमारी श्रेष्ठको सम्झनामा “शेर बहादुर टिकादेवी स्मृति पुरस्कार तथा छात्रवृत्ति कोष” स्थापना गर्नु भएको हो ।

बिधालयमा एक कार्यक्रमको आयोजना गरि श्रेष्ठले बिधालयका प्रधानध्यापक रामचन्दै पौडेललाई अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नुभएको हो । उक्त अक्षय कोष मार्फत हरेक बर्ष २ जना अनाथ बिद्यार्थीलाई छात्रबृत्ती र २ जना शिक्षकलाई प्रोत्साहन गरिने बिधालयले जनाएको छ ।

पुर्व-प्रधानाध्यापक श्रेष्ठले श्री सरस्वती माविमै करिब ३० बर्ष अध्यापन गराउनु भएको थियो । उहाले वि.सं. २०४८ साल देखि २०६७ साल सम्म सो बिधालयको प्रधानाध्यापक भई कार्यभार सम्हाल्नु भएको थियो ।
वि.सं. २०६७ सालमा बिधालयबाट अवकाश लिनु भइ हाल उहा समाजसेवा तथा राजनितिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।









































