गोरखा, १४ पुस २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षले सरकारले गरेको संसद बिघटनको बिरोधमा आज गोरखामा बिरोध प्रर्दशन गरेको छ ।
प्रचण्ड नेपाल पक्ष नेता कार्यकर्ताले सदरमुकाम स्थित नेकपा गोरखा नगरपार्टी कार्यालयबाट आर्युबेद चोक, हरमटारी चोक कालिमाटी शक्तिचोक हुदै पुन हरमटारी चोकसम्म बिरोध प्रर्दशन गरेको हो ।
कोणसभालाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रिय सदस्य समेत रहनु भएका गोरखा क्षेत्र नम्बर १ का बिघटित प्रतिनिधिसभाका सदस्य हरिराज अधिकारीले नेपाल इतिहास प्रधानमन्त्री ओली संसद जननिर्वाचित संसद बिघटन गरेको दिन पुस ५ गते कालो दिन भएको बताउनुभयो ।
नेपाली जनताले ठूलो सर्घषबाट प्राप्त गरेको उपलब्धीलाई कम्युनिष्ट नेतृत्व सरकारबाट खोसिन इतिहासकै सवै भन्दा कालो दिन भएको उहाँले उल्लेख गर्नुभयो ।
नेता अधिकारीले संबिधानमा कहिकतै पनि प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउने उल्लेख नगरिएको भन्दै प्रधानमन्त्री ओलीले संबिधान नै मिचेर संसद बिघटन गरेको बताउनुभयो ।








































