Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
८:१६:२० बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीले चुनाव त् हैन संकटकाल चाही लगाउँछन्ः बालकृष्ण खाँण

प्रकाशित मिति: २०७७ पुस १४, मंगलबार

519
Shares

बुटवल, मंगलबार, १४ पौष २०७७ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गराउने उद्देश्यले संसद विघटन नै नगरेको आरोप लगाउनुभएको छ ।

बुटवलमा पत्रकारहरुसँगसंसद विघटनलाई असंवैधानिक भन्दै खाँणले सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेकाले ओलीले चुनाव नगराउने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संकटकालसम्म लगाउनसक्ने आशंका गर्दै खाँणले भन्नुभयो, ‘चुनाव बहानामात्र हो, सर्वसत्तावाद र अधिनायकवाद लाद्न नपाएपछि प्रतिनिधि सभा विघटन गर्नेले किन चुनाव गराउँछन् ?’

नेकपामा ओलीभन्दा दाहाल–नेपाल समूहसँग सहकार्य हुने प्रष्ट गर्दै उहाँले संसद पुनर्स्थापना भएपछि पनि दाहाल–नेपाल पक्षसँग सरकारमा सहकार्य गर्न सकिने बताउनुभयो ।

एकाधिकारवादी र निरंकुश चरित्र बाकेकै कारण ओलीले प्रेस, मानव अधिकार, राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयतालगायतका विषयमा अंकुश र नियन्त्रण गर्ने गरी विभिन्न विधेयक ल्याएको आरोप पनि उहाँले लगाउनुभयो ।

औषधि खरिदलगायतका सरकारले गरेका ठूला भ्रष्टाचार लुकाउन संसद विघटन गरिएको आक्षेप उहाँको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -