काठमाडौं, आइतबार, १२ पुस २०७७ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस १० गते कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर बिक्रीको अनुमति माग गर्दै २०८८ मंसिर ८ गते बोर्डमा आवेदन लिएको थियो ।
मंसिर ३ गते सम्पन्न वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ भने कम्पनीको आईपीओ प्रत्याभुकर्ता (अन्डरराइटर) मा नागरिक लगानी कोष छ ।
कम्पनीले निष्कासन गर्न लाइफका आईपीओ धितोपत्र बजामा अहिलेसम्मकै ठूलो हो । अधिकृत पुँजी ३४० अर्ब जारी पुँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशतबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो । आईपीओ बिक्री पछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०:४० प्रतिशत हुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो ।
बैंक २०७५ जेठ २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रुपमा काम गर्ने यस बैंकले मुलुकको पूर्वाधार विकासमा लगानीको पहुँच सहज बनाउने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर प्रचलित ऐन, कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही पूर्वाधारसम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी गर्ने, स्वेदेशी परियोजनामा लगानी गर्न रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी स्रोत परिचालन गर्ने कार्य गर्छ ।
बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार, सूचनाप्रविधि क्षेत्रमा लगानी गर्छ ।








































