काठमाडौं, शनिबार, ११ पाैष २०७७ ।नेपाली काँग्रेस संघिय मामिला विभागकाे बैठक सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघिय मामिला तथा प्रदेश समन्वय केन्द्रीय विभागका प्रमुख रमेश रिजालकाे अध्यक्षतामा पार्टी कार्यालय सानेपामा अाज शनिबार बैठक बसेको हो ।

प्रधानमन्त्री केपी वलिले चाल्नु भएकाे असंवैधानिक तथा गैर लाेकतान्त्रिक कदम बिरुद्ध नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमाेजिम १६५ निर्वाचन क्षेत्रमा पाैष १३ गते हुने विशाल प्रदर्शन तथा बिराेध कार्यक्रम , त्यस पछि हुने पार्टीका कार्यक्रमहरु , पाैष १६ गते मेलमिलाप दिवश लगायत कार्यक्रममा बिभागकाे सम्पुर्ण शक्ति प्रयाेग गरेर पार्टीको कार्यक्रम सफल बनाउन कृयाशील रहने निर्णय गरिएको विभागका सदस्य हुतमणि अधिकारीले बताउनु भयाे
साथै, उक्त बैठकमा बिभागका सदस्यहरुले अा अाफ्नाे धारणा व्यक्त गरेका थिए ।
बिभागकाे अर्काे बैठक छिट्टै सम्पन्न गर्ने निर्णय गरिएको छ ।








































