गोरखा, शनिबार, ११ पुस २०७७ । कृष्ण सुनारको नेतृत्वमा ४० जना नेपाली नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका- ६ बाट ४० जना भन्दा बढी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन । स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले जित हाँसिल गरेको बारपाक सुलिकोटका युवा कांग्रेसमा प्रवेश गरेका हुन् ।

क्रिसमसको दिनमा बारपाक सुलिकोट गाउँपालिका-बा सु ६ ताकुकोट पोखरी गैरा बिजयता मन्दली (चर्च ) को आयोजनामा शुभकामना आदान-प्रदान तथा भलिवल प्रतियोगिताका साथै पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको हो ।

उहॉंहरूलाई नेपाली कांग्रेसमा स्वागत गर्दै बिकास निर्माण लगायतका कार्यमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै काँ’ग्रेस प्रवेश गरेका नव प्रवेशी लाई काँ’ग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्ता एवम् गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले पार्टी प्रवेश गराउनु भएको थियो ।

पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति हरि घले, ने बि सघ जिल्ला सभापति सुवास अधिकारी, जि का स स अम्बिका थापा, नि स स का सदस्य उजेली माया राना मगर, छेत्रिय सचिव देनेश खमखवास, वा सु कार्य समिति सभपति निमेल धिताल, मोहन पनेरु, वा सु बिभाग प्रमुख हरिश चन्द्र भटट लगायतको उपस्थिति रहेको थियो ।








































