काठमाडौं, मंगलबार, ७ पौष २०७७ । फुटको अन्तिम संघारमा पुगेको बेला प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्न लागेका छन् ।
मंगलबार बिहान बालुवाटारमा बसिरहेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा ओलीले केन्द्रीय सदस्य संख्या ११९९ जनाको बनाउने प्रस्ताव लगेका छन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको बनाउने भनिएको छ ।








































