काठमाडौँ, शुक्रबार, ३ पौष २०७७ । बिश्व हिन्दु साँस्कृतिक संघको आयोजनामा राष्ट्रदेब गोरखनाथको दर्शन गर्न पाइने भएको छ । हरेक शनिबार दिउँसो १ बजे देखि अपरान्ह ४ : ३० बजे सम्म मृगस्थलीमा सङीत मार्फत राष्ट्रदेब गोरखनाथको दर्शन गर्न गर्न सकिने बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले जानकारी दिनु भयो ।
साथै, अध्यक्ष ऋषिकेश जंग शाहले शनिबार (४ पौष) का दिन उद्घाटन कार्यक्रममा उपस्थितका लागि आग्रह समेत गर्नु भएको छ ।
उक्त उद्घाटन कार्यक्रम बिश्व हिन्दु साँस्कृतिक संघका अध्यक्ष कृश्ण समिपले कार्यक्रमका संयोजन गर्नु भएको छ । लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्म, रबिन्द्र सुबेदी, कमल खत्री, त्यसैगरी, लोकप्रिय गायिका माण्डबी त्रिपाठी, रिता के सी, कमला पोख्रेल, तृप्ति खड्काको प्रस्तुति रहने अध्यक्ष रिसिकेश जंग शाहले जानकारी दिनु भयो ।
मौलिक भजन र गीत-संगीतमा रम्न र पुण्य आर्जन गर्न सबै महानुभावमा आमन्त्रण गर्नु भएको छ ।









































