काठमाडौं, २ पौष २०७७ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठक भर्खरै सकिएको छ । अध्यादेशबारे मौन रहँदै नियमित बैठक भर्खरै सकिएको हो ।
साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको नामसमेत नलिएको एक मन्त्रीले जनतापाटीलाई जानकारी दिए । ती मन्त्रीले भने, ‘बैठकमा अन्य सामान्य एजेण्डाहरुमा छलफल भएपनि प्रधानमन्त्री ज्यूले अध्यादेशको नामसमेत उच्चारण गर्नु भएन ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपनि आजको बैठकमा सामान्य छलफल समेत नभएको हो ।
अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्छ ।








































