Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
११:०७:०९ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्योलमा

प्रकाशित मिति: २०७७ मंसिर २८, आइतबार

617
Shares


काठमाडौँ, २८ मंसिर २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्योलमा परेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उक्त बैठकमा नजाने दुवै नेताका सचिवालयले जनाएका छन्।

सभामुख सापकोटा नजाने सूचना पाएपछि देउवाले आफू अनुपस्थित हुने जानकारी प्रधानमन्त्री ओलीलाई गराएको कांग्रेस स्रोतले बतायो। परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। ‘सभामुख नै नआउने भएपछि गणपूरक संख्या पुग्दैन’, कांग्रेस स्रोतले भन्यो, ‘अनि, प्रमुख प्रतिपक्षी दलका नेता जानुको के अर्थ ?’ संवैधानिक नियुक्तिका विषयमा प्रधानमन्त्रीसँग ठोस समझदारी नभएकाले परिषद् बैठकमा जानुको औचित्य नरहेको देउवानिकट एक नेताले बताए।

संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ।

संवैधानिक परिषद् ऐन २०६६ मा बैठकको गणपूरक संख्याका लागि अध्यक्ष र चार जना सदस्यको उपस्थिति आवश्यक हुने उल्लेख छ। अहिले परिषद्मा प्रधानमन्त्रीसहित पाँच जना मात्रै सदस्य छन्। एक जना सदस्य मात्रै अनुस्थित भए बैठकका लागि गणपूरक संख्या पुग्दैन। यो समाचार आजको अन्नपूर्ण दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -