काठमाडौ, शनिबार, २७ मङ्सिर २०७७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकमा नजाने हुनु भएको छ ।
आफू बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश देउवा आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् आज प्रधानमन्त्री ओलीलाई पठाउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको हो ।
सभापति देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएको बुझिएको छ ।








































