जापान, शुक्रबार, २६ मङ्सिर २०७७ । जापानको होक्काईदोको कितामी शहरमा कार दुर्घटनामा परि निधन भएका सिन्धुपाल्चोकका २७ वर्षीय बिरेन्द्र तामाङ्को एनआरएनए जापान, मृतकका परिवार, सम्बन्धित कम्पनिका मालिक, राजदुताबास र तामाङ समाज जापान समन्वय गरी डिसेम्बर ८ तारिख बिहान १०बजे होक्काईदो मै अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि पछि मृतकको अस्तुलाई नेपाल तामाङ समाज जापानले जिम्मा लिएको थियो ।
आज डिसेम्बार ११ तारिको फ़्लाइटमा नेपाल जानुलागेको बिशाल सेन ठकुरीजीले मृतक बीरेन्द्र तामाङको अस्तु लानको लागि सहर्ष स्विकार पश्चात नेपाल तामाङ समाजका उपाध्यक्ष रत्न लामा र सह-कोषध्याक्ष स्मृति मोक्तानले मृतक बीरेन्द्र तामाङको अस्तुलाई नारित एर्पोट सम्मा पूर्याएर अन्तिम विदाई गर्नु भयो।
तामाङको मृत्युभए देखि, मृतकको परिवारसम्मा अस्तु पूर्यौंनको लागि मृतकको कार्यरत कम्पनी, एनआरएनए जापानको अध्यक्ष देवीलाल भण्डारी , तामाङ समाजका अध्यक्षरुबिना तामाङ र उपाध्यक्ष रत्नलामा, सल्लहकारहरू र तामाङ समाज क्षत्रिय तथा कार्यसमितिका सबैले बिशेष भूमिका निभाउनु भएको थियो।
साथै, आज डिसेम्बर ११ तारिकको नेपाल जाने फ़्लाईटमा मृतक बीरेन्द्र तामाङको अस्तु लिएर जानु भएकोमा विशाल शेनठकुरी, एनआरएनए जापानका सदस्य तथा समाज सेबी जीबन गुरुङ, समाजका उपाध्यक्ष रत्न लामा, सह-कोषध्याक्ष स्मृति मोक्तान लगायत सहयोगी संघ संस्था सम्पूर्णमा धन्यबाद ज्ञापन गरेको छ ।
बीरेन्द्र तामाङको यो असमहिक निधनले नेपाल तामाङ समाज जापान परिवार लगायत जापानबासि नेपालीहरू स्तब्ध भएको छ । यो दुखद घडिमा उहाँको मृतात्माको चिरशान्ती को कामना सहित उहाँ प्रति भावपुर्ण श्रदान्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवार तथा आफन्तजनहरूमा हार्दिक समबेदना व्यक्त गरेको छ ।









































