गोरखा, बिहिबार, २५ मङ्सिर २०७७ । गोरखामा नेकपाका दर्जनौ कार्यकर्ता काँ’ग्रेसमा प्रवेश गरेका छन ।

गोरखामा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी १ सय ५० जनाभन्दा बढी स्थानीय युवाहरू नेपाली काँ’ग्रेसमा प्रवेश गरेका हुन । स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले जित हाँसिल गरेको बारपाक सुलिकोटका युवा काँ”ग्रेसमा प्रवेश गरेका हुन् ।

पछिल्लो समय केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) परित्याग गरी गोरखामा काँ’ग्रेस प्रवेश गर्नेको लर्को लागेको हो ।

उहॉंहरूलाई नेपाली कांग्रेसमा स्वागत गर्दै बिकास निर्माण लगायतका कार्यमा सहयोग गर्दै संगै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दै काँ’ग्रेस प्रवेश गर्नेलाई काँ’ग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्ता एवम् गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले माला र सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएको थियो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) को आजको जटिल परिस्थितिमा सांसद प्रकाशचन्द्र दवाडी केही महिना पछि आफ्नो निर्वाचन क्षेत्र, गाउँ घर पुगेर जनतामा परेको समस्या, पिर मर्का बुझ्न घरदैलोमा आएको बताउनु भएको छ ।
साथै, स्थानीय जनताको दु:ख, पीर मर्का र समस्याको उपाए समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।








































