काठमाडौं, सोमबार, २२ मङ्सिर २०७७ । गायक सौगातजंग थापा र गायिका मेलिना राइको सुमधुर आवाजमा “मैले गर्ने माया ” नयाँ गीत सार्बजनिक गरिएको छ ।
“मैले गर्ने माया ” बोलको गीतमा उत्तम कुमार वर्तौलाको शब्द अनि प्रशान्त पौडेलको संगीत रहेको छ । भिडियोमा पछिल्लो समयका लोकप्रिय कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छिन् । भिडियोलाई उत्तम श्रेष्ठ शिशिरले निर्देशनगरेका छन् ।
भिडियो राजेश अर्यालको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ । भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।
हेर्नुस् भिडियो..








































