काठमाडौँ, आइतबार, २१ मङ्सिर २०७७ । बिएफडिएम ( ब्रदर फ्रम डिफ्रेन्ट मदर्स ) ग्रुप को तेस्रो बार्षिक उत्सब सम्पन्न भएको छ ।

बार्षिक उत्सबको अबसर पारेर नेपालका विभिन्न जिल्लामा रहेका अनाथ आश्रम, बाल आश्रम,असाहय, दिनदु:खि तथा सामाजिक सस्थाहरुमा गएर आवश्यक खाधान्न सामाग्री, बालबालिकाहरुलाई पाठ्यपुस्तक सामाग्री तथा बृद्ध बुबा आमाहरुलाई जाडोमा लगाउने लत्ताकपडा वितरण गरिएको थियो ।

साथै, दैनिकी प्रयोग हुने अति आवश्यक सामाग्रीहरु हस्तान्तरण गरी उनीहरु संग बसि रमाइलो गर्दै खाजा खाएर बिएफडिएम ( ब्रदर फ्रम डिफ्रेन्ट मदर्स ) ग्रुप को तेस्रो बार्षिक उत्सब सम्पन्न गरेको छ ।

कार्यक्रम चितवन, काठमाडौ, सुर्खेत , झापा , लगायत बिदेशमा सिड्नी, साउदीमा एकैसाथ गरिएको थियो ।









































