काठमाडौँ, बिहिबार, १८ मङ्सिर २०७७ । तनहुँ घटना प्रकरण एवं वर्तमान सरकाको वि’कृति बि’संगती, भ्र’ष्टाचार एवं ज्याद’तीका बिरुद्ध नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको कोटेश्वरमा वि’रोध प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइको आयोजनामा कोटेश्वर क्याम्पस बाट सुरु भएको र्याली कोटेश्वर चोकमा पुगि कोणसभा सहित समापन गरिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री वलदेव तिमल्सिनाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार पुर्ण रुपमा सर्वसत्तावाद तर्फ उन्मुख भएको बताउँदै नागरिकको स्वतन्त्रता माथी बन्देज लगाउने, बिनाकारण पक्राउ गर्ने जस्ता घटनाले ओलि नेतृत्वमा पंन्चायती या राणाकालिन भुत सवार भएको बताउनु भयो ।
तिमल्सिनाले तनहुँमा पार्टी नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरि अभद्र व्यबहार गरिएकोमा देशभरका साथिहरुलाई आन्दोलित हुन आह्वान गर्नुभएको छ ।
पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले पछिल्लो समयको घटनक्रमले प्रहरी प्रशासनको विश्वासनियता माथी ठूलो प्रश्न उठेको भन्दै वर्तमानमा नेपाल प्रहरीले कुनैपनी घटना इन्भेस्टिकेसन गर्ने नैतिकता गुमाइसकेको भन्दै बलत्कारी हत्यारा तस्करी हरुको संरक्षण गर्ने तर इतिहासमा कुनै दाग नलागेको नेपाली कां’ग्रेसका नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर सरकारले देशको बेइज्जत गरेको छ ।

यो लोक’तान्त्रिक ब्यब’स्थाको उपहास हो भन्दै ढुंगेलले सबै लोकतन्त्र प्रेमिहरुलाइ आन्दोलित हुन अपिल गरेका छन ।
सभामा नेविसंघ महामन्त्री बलदेव तिमल्सिना , पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल , नेताहरु रामकृष्ण खड्का , मनिष रायमाझी , एन्जर कार्की , राम के सि लगाएतले सम्बोधन गरेका थिए ।








































