काठमाडौँ, ३ मन्सिर २०७७ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक सारेका छन् ।
बुधबार दिउँसो एक बजेका लागि बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक र पार्टीको सचिवालय बैठकको समय जुधेपछि बैठक सारिएको स्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका थिए ।
यस्तै, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सचिवालय बैठक पूर्वनिर्धारित समयअनुसार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने बताएका छन् ।








































